Market Closed

फर्स्ट माइक्रोफाइनान्सले निकाल्यो त्रैमासिक रिपोर्ट, खुद नाफा एक करोड ५० लाख

19 Oct,2016
  • First-Micro-Finance_10_19_2016_12_12_03.png
नेपाली पैसा 
 
काठमाडौं :  फर्स्ट माइक्रोफाइनन्स डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड ५० लाख ३९ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ । 
 
यो बैंकले गत वर्षको यसै अवधिको तुलनामा खुद नाफामा बढोत्तरी गर्न सफल भएको छ । गत वर्षको पहिलो त्रैमासिक रिपोर्टमा बैंकको खुद नाफा एक करोड १० लाख ६१ हजार रूपैयाँमात्र थियो । यस आधारमा बैंकले करिब ४० लाख रूपैयाँ नाफा बढाएको देखिन्छ । 
 
 फर्स्ट  माइक्रोको चुक्ता पुँजी २६ करोड ४५ लाख रूपैयाँ रहेको छ भने रिजर्भ कोषमा पाँच करोड ६९ लाख ७३ हजार रूपैयाँ छ । 
 
बैंकले सम्भावित जोखिमका लागि ३५ लाख १९ हजार रूपैयाँ छुट्याएको छ । प्रतिसेयर आम्दानी २२.७४ रूपैयाँ रहेको यो बैंकको प्रतिसेयर नेटवर्थ १२१.५४ रूपैयाँ छ ।