Market Closed

फस्ट माइक्रोफाइनान्स पुग्यो धितोपत्र बोर्ड, माग्यो ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने अनुमति

23 Dec,2016
  • first-microfinance_12_23_2016_12_57_50.jpg
नेपाली पैसा
 
 काठमाडौं : फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने अनुमति माग्न नियामक धितापत्र बोर्ड पुगेको छ ।
 
फस्टले १० कित्ता सेयर भएकालाई थप पाँच कित्ता हकप्रद दिने रणनीति बनाएको छ ।

यो माइक्रोफाइनान्सले १३ करोड २२ लाख ५० हजार रुपैयाँको १३ लाख २२ हजार पाँच सय कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । 
 
फस्ट माइक्रोमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

धितोपत्रबोर्डबाट अनुमति पाउने बित्तिकै सेयर बिक्री प्रक्रिया सुरु हुने जानकारी कम्पनीले दिएको छ । 
 
हाल चुक्ता पुँजी २६ करोड ४५ लाख रुपैयाँ रहेको फस्टले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड ५० लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
 
प्रतिसेयर आम्दानी २२ रुपैयाँ ७४ पैसा (बार्षिकीकरण) रहेको यो माइक्रोफाइनान्सको प्रतिसेयर नेटवर्थ भने एक सय २१ रुपैयाँ ५४ पैसा छ ।