Market Closed

फर्स्ट माइक्रोफाइनान्सको ५०% हकप्रद भर्न ४ दिन मात्र समय

03 Apr,2018
  • First-micro-finance-development-bank-L_4_3_2018_10_54_54.jpg
नेपाली पैसा 
काठमाडौं : फर्स्ट माइक्रोफाइनान्सको ५०% हकप्रद भर्न अब ४ दिन मात्र समय बाँकी छ । शुक्रबार भित्र यो हकप्रदमा आवेदन दिइसक्नुपर्नेछ । कम्पनीले फागुन १८ गतेदेखि २ः१ अनुपातमा २२ लाख ८१ हजार ३१३ कित्ता सेयर बिक्री खुला गरेको हो । फस्र्टको हकप्रदमा माघ ८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । 

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर काठमाडौं  तथा फर्स्टमाइक्रोफाइनान्सको काठमाडौं ज्ञानेश्वर, मोरङको उर्लाबारी तथा चितवनको भरतपुरबाट पनि सेयर भर्न सकिनेछ । यसैगरी, आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि सेयर भर्न मिल्नेछ । हाल फस्र्टको चुक्ता पुँजी ४५ करोड ६२ लाख ६३ हजार रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट ५०% हकप्रद सेयर जारी गरेको हो ।

हकप्रद बिक्रीपछि चुक्ता पुँजी ६८ करोड ४३ लाख ९३ हजार ८०० रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा फस्र्टले ४ करोड ७६ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २० रुपैयाँ ९१ पैसा (वार्षिक) रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ भने १२६ रुपैयाँ १७ पैसा छ ।
 

Post Your Comment