Market Closed

फर्स्ट माइक्रोफाइनान्सको ५०% हकप्रद भर्ने शुक्रबार अन्तिम दिन

05 Apr,2018
  • First-micro-finance-development-b_4_5_2018_10_37_36.jpg
नेपाली पैसा 
 
काठमाडौं :  फर्स्ट माइक्रोफाइनान्सको ५०% हकप्रद भर्ने शुक्रबार (चैत २३ गते) अन्तिम दिन हो । कम्पनीले फागुन १८ गतेदेखि २ः१ अनुपातमा २२ लाख ८१ हजार ३१३ कित्ता सेयर बिक्री खुला गरेको हो ।  फर्स्टको हकप्रदमा माघ ८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर काठमाडौं तथा फस्र्ट माइक्रोफाइनान्सको ज्ञानेश्वर, काठमाडौं र उर्लाबारी, मोरङ तथा भरतपुर, चितवनबाट पनि सेयर भर्न सकिनेछ ।

त्यसैगरी, आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि सेयर भर्न पाइनेछ । हाल  फर्स्टको चुक्ता पुँजी ४५ करोड ६२ लाख ६३ हजार रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट ५०% हकप्रद सेयर जारी गरेको हो । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ६८ करोड ४३ लाख ९३ हजार ८०० रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा  फर्स्टले ४ करोड ७६ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २० रुपैयाँ ९१ पैसा (वार्षिक) रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ भने १२६ रुपैयाँ १७ पैसा छ ।
 

Post Your Comment