Market Closed

फर्स्ट माइक्रोफाइनान्स फेरि पनि फर्स्ट, खुद नाफामा २६.७१% वृद्धि

15 Apr,2018
  • First-micro-finance-development-bank-Ltd_4_15_2018_10_24_11.jpg
नेपाली पैसा
 
काठमाडौं : फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक रिपोर्ट सार्वजनिक गर्ने फर्स्ट कम्पनी बनेको छ । फर्स्टले तेस्रो त्रैमासमा ७ करोड ३० लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । नाफा गत वर्षको यही अवधिको भन्दा २६.७१% ले धेरै हो । कम्पनीले खुद ब्याज आम्दानी पनि २६.४८% ले वृद्धि गरी १२ करोड ३ लाख २ हजार रुपैयाँ पुर्याएको छ ।
 
फर्स्टको सञ्चालन नाफा ११ करोड ४८ लाख ३० हजार रुपैयाँ रहेको छ । यो गत वर्षको भन्दा २६.७१% ले धेरै हो । विगतमा जस्तै यो त्रैमासमा पनि खराब कर्जा अनुपात शुन्य नै रहेको छ । यो लघुवित्तको चुक्ता पुँजी ५६ करोड ७७ लाख ८५ हजार रुपैयाँ पुगेको छ । चुक्ता पुँजी गत वर्षको भन्दा ११४.६१% ले बढेको हो । रिजर्भ कोषमा पनि ४४.७१% सुधार गरी १४ करोड ४४ लाख ७६ हजार रुपैयाँ जम्मा गरेको छ ।
 
यता, फर्स्ट माइक्रोफाइनान्सले हालैमात्र २ः१ अनुपातमा २२ लाख ८१ हजार ३१३ कित्ता हकप्रद सेयर बिक्री गरेको छ । यो हकप्रदपछि चुक्ता पुँजी अझ बढ्नेछ । फर्स्टको प्रतिसेयर आम्दानी १४ रुपैयाँ २४ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ४५ पैसा रहेको छ ।

Post Your Comment