Market Closed

फर्स्ट माइक्रोफाइनान्सको ५०% हकप्रद बाँडफाँट, अब २७ हजार कित्ता सेयर लिलामीमा

07 May,2018
  • First-micro-finance-development-bank-Ltd_5_7_2018_2_12_29.jpg
नेपाली पैसा
 
काठमाडौं : फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ५०% हकप्रद सेयर बाँडफाँट भएको छ । कम्पनीले २२ लाख ८१ हजार ३१३ कित्ता सेयर बिक्री खुला गरेकोमा २२ लाख ५४ हजार १७९ कित्ताका लागि आवेदन परेको छ । यसआधारमा, फर्स्टले बिक्री नभएको २७ हजार १३४ कित्ता हकप्रद अब लिलामी प्रक्रियाबाट बेच्नुपर्नेछ । यस हकप्रदमा ५ हजार २४६ जनाले आवेदन दिएका थिए ।
 
फर्स्टले फागुन १८ गतेदेखि चैत २३ गतेसम्म ५०% हकप्रद बिक्री खुला गरेको हो । यता, कम्पनीले आफ्नो हकभन्दा बढी सेयर माग गर्ने सेयरधनीहरुलाई सोमबारदेखि नै पैसा फिर्ता दिन सुरु गरेको छ । सेयरधनीले उपलब्ध गराएको बैंक तथा वित्तीय संस्थाको खातामा रकम फिर्ता गरिने कम्पनीले जनाएको छ ।
 
हाल यसको चुक्ता पुँजी ५६ करोड ७७ लाख ८५ हजार रुपैयाँ छ । बाँकी रहेको सेयर लिलामी गरेपछि भने चुक्ता पुँजी ६८ करोड ४३ लाख ९३ हजार ८०० रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा फर्स्टले ७ करोड ३० लाख ७३ हजार खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ २४ पैसा (वार्षिक) रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ भने १२५ रुपैयाँ ४५ पैसा छ ।

Post Your Comment