Market Closed

फर्स्ट माइक्रोफाइनान्सको जेठ २३ देखि आउने भयो २६ हजार कित्ता सेयर लिलामीमा

30 May,2018
  • First-micro-finance-development-bank-Ltd_5_30_2018_10_52_08.jpg
नेपाली पैसा
 
काठमाडौं : फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले जेठ २३ गतेदेखि सर्वसाधारण समूहको २६ हजार ८८४ कित्ता सेयर लिलामी गर्ने भएको छ । यसमा न्यूनतम १०० रुपैयाँ वा यस भन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेश गर्न सकिनेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइन्छ ।
 
लिलामीको बोलपत्र पेश गर्ने अन्तिम म्याद जेठ ३० गते तोकिएको छ । फर्स्टले फागुन १८ गतेदेखि चैत २३ गतेसम्म ५०% हकप्रद निष्कासन गर्दा नबिकेको सेयर अब लिलामी मार्फत बिक्री गर्न लागेको हो । लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर, जमल काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।
 
त्यसैगरी, ग्लोबल आइएमई बैंकको वीरगञ्ज, बनेपा, हेटौडा, पोखरा, बुटवल र विराटनगर शाखाबाट पनि आवेदन दिन सकिनेछ । नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट पनि यो लिलामीमा आवेदन दिन सकिनेछ ।
 
हाल फर्स्टको चुक्ता पुँजी ५६ करोड ७७ लाख ८५ हजार रुपैयाँ रहेको छ । बाँकी रहेको सेयर लिलामी गरेपछि भने चुक्ता पुँजी ६८ करोड ४३ लाख ९३ हजार ८०० रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा फर्स्टले ७ करोड ३० लाख ७३ हजार खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ २४ पैसा (वार्षिक) रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ४५ पैसा छ । 

Post Your Comment