Market Closed

फर्स्ट माइक्रोफाइनान्सको २६ हजार कित्ता सेयर लिलामी खुला, बजार भाउ कति ?

06 Jun,2018
  • Auction_6_6_2018_10_08_33.jpg
नेपाली पैसा
 
काठमाडौं : फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले बुधबार (जेठ २३ गते) देखि सर्वसाधारण समूहको २६ हजार ८८४ कित्ता सेयर लिलामी खुला गरेको छ । यसमा न्यूनतम १०० रुपैयाँ वा यस भन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेश गर्न सकिनेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइन्छ । नेप्सेमा फर्स्टको सोमबारको क्लोजिङ भाउ प्रतिकित्ता ५६८ रुपैयाँ छ ।
 
लिलामीको बोलपत्र पेश गर्ने अन्तिम म्याद जेठ ३० गते तोकिएको छ । फर्स्टले फागुन १८ गतेदेखि चैत २३ गतेसम्म ५०% हकप्रद निष्कासन गर्दा नबिकेको सेयर अहिले लिलामीमा ल्याएको हो । लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर, जमल काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।
 
त्यसैगरी, ग्लोबल आइएमई बैंकको वीरगञ्ज, बनेपा, हेटौडा, पोखरा, बुटवल र विराटनगर शाखाबाट पनि आवेदन दिन सकिनेछ । नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट पनि यो लिलामीमा आवेदन दिन सकिनेछ ।
 
हाल फर्स्टको चुक्ता पुँजी ५६ करोड ७७ लाख ८५ हजार रुपैयाँ रहेको छ । बाँकी रहेको सेयर लिलामी गरेपछि भने चुक्ता पुँजी ६८ करोड ४३ लाख ९३ हजार ८०० रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा फर्स्टले ७ करोड ३० लाख ७३ हजार खुद नाफा कमाएको छ ।

Post Your Comment