Market Closed

फर्स्ट माइक्रोफाइनान्सले खोज्यो जोडी, मर्ज–एक्विजिसनका लागि समिति गठन

13 Aug,2019
  • merger_6_8_13_2019_1_30_36.jpg
नेपाली पैसा
 
काठमाडौं : फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्था पनि आवश्यकता अनुसार मर्ज तथा एक्विजिसनमा जान तयार भएको छ । कम्पनीले यसका लागि ४ सदस्यीय मर्जर तथा प्रप्ति समिति समेत गठन गरेको छ । समितिको संयोजकमा विवेकमान सिंह शाक्य रहेका छन् । यस्तै, सदस्यहरुमा उमेश कटुवाल र युवराज क्षेत्री रहेका छन् । भेषराज पन्थीलाई भने सदस्य सचिवमा नियुक्त गरिएको छ ।

उक्त समितिले मर्जर तथा एक्विजिसनका लागि आवश्यक अध्ययन तथा छलफल लगायतका आवश्यक गृहकार्य गर्नेछ । नेपाल राष्ट्र बैंकले मर्जर तथा एक्विजिसनमा जान उत्प्रेरित गर्ने नीति लिएपछि बैंक तथा वित्तीय संस्थाहरुमा मर्जरको लहर चलेको छ । यद्दपि, व्यवहारमा भने अहिलेसम्म मर्ज तथा एक्विजिसनमा जाने संख्या भने न्यून देखिन्छ । 

Post Your Comment