Market Closed

गरिमा र जानकीमा आए नयाँ सञ्चालक, को–को भए नियुक्त ?

24 Jan,2018
  • bod_1_24_2018_3_04_07.jpg
नेपाली पैसा
 
काठमाडौं : गरिमा विकास बैंक र जानकी फाइनान्समा नयाँ सञ्चालकहरु आएका छन् । गरिमामा सर्वसाधारण सेयरधनीको तर्फबाट डा. भूपेन्द्र बहादुर खड्का र सञ्जीब ढकाल सञ्चालकमा नियुक्त भएका हुन् । खड्का र ढकाल दुवै पुस २८ गते बसेको वार्षिक साधारण सभाबाट निर्वाचित भएका हुन् । गरिमाको साधारण सभाले १५% बोनस सेयर दिने प्रस्ताव पनि अनुमोदन गरेको छ । यता, जानकी फाइनान्सको पुस ३० गतेको साधारण सभाबाट निर्वाचित भएका ३ जना संस्थापक सेयरधनी र २ जना सर्वसाधारण सेयरधनी सञ्चालकको रुपमा नियुक्त भएका छन् । संस्थापक समूहबाट रघुनाथ प्रसाद साह, अमरनाथ गुप्ता र अशोक कुमार जलन तथा सर्वसाधारण समूहबाट महाबिर कुमार सुल्तानीया र दिप नारायण साह नियुक्त भएका हुन् । जानकीले १८% बोनस सेयर पनि पारित गरेको छ ।
 

Post Your Comment