Market Closed

शुभेच्छा र गरिमाको कारोबार रोक्का

21 Apr,2016
  • garima_sub123_4_21_2016_1_45_53.png
 
बैशाख ९, काठमाडौं । विहिवार शुभेच्छा र गरिमाको कारोबार रोक्का भएको छ । शुभेच्छा विकास बैङ्क र गरिमा विकास बैङ्क मर्जर प्रक्रियामा गएकोले कारोबार रोक्का भएको हो । गरिमा विकास बैङ्कको चुक्ता पूँजी रू. ८५ करोड ३२ लाख रहको छ । त्यस्तैगरी शुभेच्छा विकास बैङ्कको चुक्ता पूँजी रू. १५ करोड ६९ लाख रहेको छ । राष्ट्र बैङ्कको प्रावधान अनुसार आव २०७४ साल सम्ममा राष्ट्रियस्तरको विकास बैङ्कले रू. २ अर्व चुक्ता पूँजी पु¥याउनु पर्नेछ । 
 

Post Your Comment