Market Closed

गरिमा विकास बैङ्क : कम्पनी विश्लेषण (शुक्रवार, ३ वैशाख २०७३)

15 Apr,2016
  • garima123_4_15_2016_4_42_29.png

बैङ्कको २०७२/७३ आवको दोस्रो त्रैमासमा खुद नाफा ५० प्रतिशत बढेको छ । चुक्ता पूँजी ९० प्रतिशत बढेर रू. ८५ करोड पुगेको छ । बैङ्कको पुस ३० गतेको साधारसभाले २० प्रतिशत बोनस शेयर पारित गरेको छ ।

प्राविधिक विश्लेषण

  • आरएसआई : ओभर सोल्ड जोन (२९ दशमलव ६९ स्केल)मा छ । विक्री चाप बढेकोे छ । स्ट्याण्डर्ड डेभिएशन ४ दशमलव ७८ बिन्दुमा छ । यसले उतारचढाव सामान्य रहेको देखाउँछ ।

  • मुभिङ एभरेज : ७ दिने औसत मूल्य रेखा र २१ दिने मूल्य रेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य २१ दिने रेखा, ७ दिने रेखा र ट्रेण्ड लाइनभन्दा तल रहेको छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. ३ सय ४३ मा टेवा र मूल्य सस्तिएमा रू. ३ सय ५७ मा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको आव २०७१/७२ र आव २०७२/७३ को दोस्रो त्रैमासिक वित्तीय विवरणबीच तुलना

  •  बैङ्कको दोस्रो त्रैमासमा खुद नाफा ५० प्रतिशत बढेर रू. ९ करोड ७९ लाख पुगेको छ । खुद ब्याज आम्दानी ४० दशमलव ८३ प्रतिशत र सञ्चालन मुनाफा ३७ दशमलव ७४ प्रतिशतले बढेको हुनाले खुद नाफा बढ्न टेवा पुगेको हो ।
  •  ब्याज आम्दानी ४४ दशमलव ११ प्रतिशतले बढेर रू. ३७ करोड ९६ लाख र ब्याज खर्च ४७ दशमलव ६८ प्रतिशत बढेर रू. १८ करोड ६१ लाख पुगेको छ ।
  •  कर्मचारी खर्च ६१ दशमलव ९५ प्रतिशत, कुल सञ्चालन नाफा ४० दशमलव ८७ प्रतिशत र अन्य सञ्चालन खर्च ३२ दशमलव ४२ प्रतिशत बढेको छ ।
  •  बैङ्कले रू. ७ अर्ब २५ करोड कुल निक्षेप सङ्कलन गरी रू. ६ अर्ब ३२ करोड कर्जा प्रवाह गरेको छ ।
  •  कम्पनीको निष्क्रिय कर्जा शून्य दशमलव २९ प्रतिशत र सीडी रेशियो ७६ प्रतिशत छ । राष्ट्र बैङ्कको निर्देशनअनुसार बैङ्कले थप कर्जा प्रवाह गर्न सक्ने देखिन्छ ।
  • पूँजी कोष लागत ५ दशमलव १२ प्रतिशत र पूँजी कोष पर्याप्तता १५ प्रतिशत छ ।
  • बैङ्कको दोस्रो त्रैमासिक विवरणमा उल्लेख भएअनुसार पीई रेशियो करीब १४ गुणा रहेको छ । गत पुस मसान्तसम्ममा विगत १२ महीनाको आम्दानीका आधारमा प्रतिशेयर आम्दानी रू. २२ दशमलव ९५ छ । सो आम्दानी र शेयरको पछिल्लो कारोबार मूल्यका आधारमा निकालिएको पीई रेशियो १५ गुणा छ । हालको मूल्य नेटवर्थको साढे २ गुणा छ ।

Post Your Comment