Market Closed

गरिमा विकास बैङ्क : कम्पनी विश्लेषण (शुक्रवार, १७ वैशाख २०७३)

29 Apr,2016
  • garima_logo_4_29_2016_12_39_30.jpg

२०७२/७३ आवको चैत त्रैमासको वित्तीय विवरणअनुसार खुद नाफा ४६ दशमलव ९३ रहेको छ । राष्ट्र बैङ्कले तोकेको रू. २ अर्ब ५० करोड चुक्तापूँजी पुर्‍याउन यस बैङ्क र शुभेच्छा विकास बैङ्कबीच मर्जर प्रक्रिया अगाडि बढिसकेको छ । मर्जरपछि बन्ने कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ८० करोड पुग्नेछ । मर्जर प्रक्रियामा रहेकाले बैङ्कको कारोबार रोक्का छ । बैङ्कलाई थप रू. ७० करोड चुक्तापूँजी चाहिने देखिन्छ ।


 

आधारभूत विश्लेषण
कम्पनीको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार २०७१/७२ आर्थिक वर्ष र २०७२/७३ आर्थिक वर्षबीच तुलना गर्दा
- बैङ्कको तेस्रो त्रैमासमा खुद नाफा ४६ दशमलव ५३ प्रतिशत बढेर रू. १४ करोड ६६ लाख पुगेको छ । सञ्चालन नाफा र खुद ब्याज आम्दानी ४७ प्रतिशत बढ्नाले खुद नाफा बढ्न टेवा पुगेको हो ।

- बैङ्कको गत पुसमा भएको साधारणसभाले २० प्रतिशत बोनस शेयर पारित गरेको छ ।

- ब्याज आम्दानी ४५ प्रतिशत बढेर रू. ५८ करोड ६९ लाख र ब्याज खर्च ४२ दशमलव ८३ प्रतिशत बढेर रू. २७ करोड ६१ लाख पुगेको छ ।

- जगेडा कोष ५६ प्रतिशत बढेर रू. २७ करोड २६ लाख र लगानी साढे २ गुणा बढेर रू. १० करोड ९ लाख पुगेको छ ।

- कर्मचारी खर्च ५० दशमलव ९३ प्रतिशत, अन्य सञ्चालन खर्च ३३ दशमलव ४० प्रतिशत र कुल सञ्चालन आम्दानी ४६ दशमलव ५० प्रतिशत बढेको छ ।

- बैङ्कको स्थिर सम्पत्ति ४५ प्रतिशत बढेको छ भने अन्य सम्पत्ति ८६ प्रतिशत घटेको छ ।

- पूँजीकोष लागत ५ प्रतिशत र पूँजीकोष पर्याप्तता १४ प्रतिशत रहेको छ ।

- निष्क्रिय कर्जा १ प्रतिशत र सीडी रेशियो ८० प्रतिशत रहेको छ ।

- बैङ्कको तेस्रो त्रैमासिक विवरणमा उल्लेख भएअनुसार तरलता अनुपात २३ गुणा, पीई रेशियो १५ गुणा र प्रतिशेयर आम्दानी रू. २२ दशमलव ९२ छ ।

Post Your Comment