Market Closed

गरिमाले पनि दिने भयो लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर

04 Jan,2017
  • bonus10_1_4_2017_1_12_26.png
नेपाली पैसा 
 
काठमाडौं : गरिमा विकास बैंकले २० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले लगानीकर्तालाई गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । बैंकको यो प्रस्तावलाई नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गर्नुपर्नेछ । गरिमाको हाल चुक्ता पुँजी एक अर्ब आठ करोड पाँच लाख ११ हजार रूपैयाँ छ । 
 
बैंकको रिजर्भ कोषमा ५० करोड ६६ लाख ९५ हजार रूपैयाँ जम्मा भइसकेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गरिमाले चार करोड ६८ लाख दुई हजार रूपैयाँ खुद नाफा कमाएको छ । यो बैंकको प्रतिसेयर आम्दानी १७ रूपैयाँ ३३ पैसा छ भने प्रतिसेयर नेटवर्थ १४६ रूपैयाँ ८९ पैसा छ । गरिमाले यसअघि चितवनमा केन्द्रीय कार्यालय रहेको शुभेच्छा विकास बैंकलाई एक्वायर गरेको थियो । गरिमाको केन्द्रीय कार्यालय पोखरामा छ । 

Post Your Comment