Market Closed

गरिमाले १५% बोनस सेयर पारित गर्न पुस २८ मा बोलायो एजीएम, पुस १४ देखि बुक क्लोज

21 Dec,2017
  • Garima-bikas-bank-L_1_12_21_2017_12_58_35.jpg
नेपाली पैसा
 
काठमाडौं : गरिमा विकास बैंकले १५% बोनस सेयर पारित गराउन पुस २८ गते साधारण सभा बोलाएको छ । साधारण सभामा बैंकले हाल कायम चुक्ता पुँजीको १५ % ले हुन आउने ३३ करोड ६ लाख ३६ हजार ५२१ रुपैयाँ ३६ पैसा बराबरको बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव छ । यस्तै, बैंकले संस्थापक समूहको सेयर स्वामित्व कम्तिमा ५१% कायम हुने गरी बाँकी सेयर सर्वसाधारणमा परिवर्तन गर्ने र सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि पेश गर्दैछ । यसैगरी, अन्य संस्थासँग मर्ज तथा एक्विजिसनमा जानु परेमा यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि प्रस्ताव पनि लगिंदैछ । बैंकको  एघारौं वार्षिक साधारण सभा होटल पोखरा ग्रान्ड विरौटामा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ । साधारण सभाका लागि बैंकले पुस १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्नेछ । गरिमाको चुक्ता पुँजी २ अर्ब २० करोड ४२ लाख ४३ हजार ४७५.७१ रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ २१ पैसा छ भने प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ५० पैसा छ । 
 
 
 
 

Post Your Comment