Market Closed

गरिमाले देखायो सकारात्मक संकेत, खुद नाफामा १३.१७% वृद्धि हुँदा अन्य सूचकमा के भयो ?

22 Jan,2018
  • Garima-bikas-bank-Ltd_1_22_2018_10_18_45.jpg
नेपाली पैसा
 
काठमाडौं : गरिमा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १३.१७% ले वृद्धि गरेको छ । गत वर्षको तुलनामा बैंकले नाफा बढाएर १८ करोड ५ लाख ६४ हजार रुपैयाँ पुर्याएको हो । गत आर्थिक वर्षको यसै अवधिमा भने खुद नाफा १५ करोड ९५ लाख ४७ हजार रुपैयाँ थियो । बैंकको खुद ब्याज आम्दानी पनि २७.५२% ले बढेपछि नाफा वृद्धि हुन मद्दत पुगेको छ । गरिमाले यो त्रैमासमा ४३ करोड ७९ लाख २२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको हो । यसैगरी, सञ्चालन नाफा पनि ११.९५% ले बढेर २८ करोड ३ लाख ३ हजार रुपैयाँ पुगेको छ । बैंकले ३४ लाख ४० हजार रुपैयाँ राइट ब्याक गर्दा ५ करोड ६० लाख १४ हजार रुपैयाँ प्रभिजनमा राखेको छ ।
 
यता, बैंकले निक्षेप संकलन र कर्जा प्रवाहमा पनि वृद्धि गरेको छ । गरिमाको निक्षेप संकलन ३०.१९% ले वृद्धि हुँदै १७ अर्ब ४० करोड ७७ लाख ७९ हजार रुपैयाँ पुगेको छ । यसैगरी, कर्जा लगानी ३४.६३% ले बढाएर १५ अर्ब ७५ करोड ४९ लाख ७६ हजार रुपैयाँ पुर्याएको छ । बैंकको कर्जा निक्षेप अनुपात ७७.३४% छ । खराब कर्जालाई ०.८४% बाट घटाएर ०.४७% मा ल्याएको छ । बैंकको कस्ट अफ फन्ड भने ५.५९% बाट बढेर ८.१४% पुगेको छ । गरिमाले राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता  पुँजी पुर्याएको छ । बैंकको चुक्ता पुँजी २ अर्ब ५३ करोड ४८ लाख ८० हजार रुपैयाँ पुगेको छ । बैंकले रिजर्भ कोषलाई भने निकै सुधार गर्नुपर्ने देखिएको छ । अहिले रिजर्भ कोषमा ४६ करोड ९९ लाख २५ हजार रुपैयाँ मात्र छ । गरिमाको प्रतिसेयर आम्दानी १४ रुपैयाँ २५ पैसा र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ५४ पैसा छ । 

Post Your Comment