Market Closed

गरिमाको खुद नाफा १३.२८% बढ्यो, यसरी हुँदैछ लगानी विस्तार

25 Apr,2018
  • Garima-bikas-bank-Ltd_4_25_2018_3_11_45.jpg
नेपाली पैसा
 
काठमाडौं : गरिमा विकास बैकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा आइपुग्दा २८ करोड १५ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकले २४ करोड ८५ लाख ५२ हजार रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो । गरिमाले गत वर्षको तुलनामा १३.२८% ले खुद नाफा वृद्धि गरेको हो ।
 
तेस्रो त्रैमाससम्म यो बैंकले ४३ करोड ६९ लाख २३ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिमा ३८ करोड ७६ लाख ५६ हजार रुपैयाँ मात्र थियो । यस्तै, खुद ब्याज आम्दानी पनि ६९ करोड ९६ लाख ५९ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष खुद ब्याज आम्दानी ५४ करोड ३७ लाख ९ हजार रुपैयाँ थियो ।
 
यता, १८ अर्ब ६३ करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब १० करोड ५५ लाख रुपैयाँ कर्जा लगानी गर्न गरिमा सफल भएको छ । गत वर्षको तुलनामा निक्षेप ३९.१६% र कर्जा लगानी ४१.४८% ले धेरै हो । खराब कर्जा पनि ०.७८% मात्र छ भने कस्ट अफ फन्ड ७.१५% बाट बढेर ८.७५% पुगेको छ ।
 
गरिमाले चुक्ता पुँजी २ अर्ब ५३ करोड ४८ लाख ८० हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष भन्दा पुँजी ९५.५०% धेरै हो । हाल यस बैंकको जगेडा कोषमा ५७ करोड ९ लाख २६ हजार रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी (वार्षिक) १४ रुपैयाँ ८१ पैसा  र प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ५२ पैसा रहेको छ । 

Post Your Comment