Market Closed

गरिमाको खुद नाफामा २६.३२% ले सुधार, कति पुग्यो इपीएस ?

13 Aug,2019
  • garima_photo_8_13_2019_8_22_12.jpg
नेपाली पैसा 

काठमाडौं  : गरिमा विकास बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा अधिकांस सूचकमा सुधारसहितको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले गत असार मसान्तसम्म ५९ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २६.३२% धेरै हो । अघिल्लो वर्ष यसै अवधिमा बैंकले ४६ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको वितरण योग्य नाफा ४५ करोड ३१ लाख रुपैयाँ छ । बैंकको चुक्ता पुँजी पनि १०% ले बढेर २ अर्ब ७८ करोड ८३ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष गरिमाको चुक्ता पुँजी २ अर्ब ५३ करोड ४८ लाख रुपैयाँ रहेको थियो । 
 
गरिमाले निक्षेप संकलन र कर्जा प्रवाह क्रमशः ३५.७६% र ५१.२७% ले बढाएको छ । बैंकको प्रतिसेयर आम्दानी पनि २ रुपैयाँ ७४ पैसाले बढेर २१ रुपैयाँ २४ पैसा भएको छ । गरिमाको प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ४६ पैसा छ । 

Post Your Comment