Market Closed

ग्लोबल आइएमई र नेपाल बंगलादेश बैंकले दिने भए मुद्दतिमा ११% ब्याज

02 Mar,2018
  • inter_3_2_2018_1_26_51.jpg
नेपाली पैसा
 
काठमाडौं : तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाहरुले निकै प्रतिष्पर्धात्मक रुपमा ब्याज दिन थालेका छन् । ग्लोबल आइएमई बैंकले मुद्दति निक्षेपमा ११ प्रतिशत ब्याज दिने उल्लेख गरेको छ । बैंकले बचत खातामा पनि ७.१ प्रतिशत ब्याज दिने भएको छ । यस्तै, नेपाल बंगलादेश बैंकले पनि मुद्दति खातामा वर्षिक ११ प्रतिशत नै ब्याजदर दिने जनाएको छ । बैंकले ब्याज भुक्तानी मासिक रुपमा गर्ने जनाएको छ ।
 
पछिल्लो समय तरलता अभावका कारण वाणिज्य बैंकहरुले नै आकर्षक व्याजदर दिँदै आएका छन् । बैंकहरुले मुद्दतिमा मात्र नभएर बचतमा समेत ब्याजदर निकै बढाउन थालेका छन् । मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशतमा सीमित खाख्ने भद्र सहमित गरेका वाणिज्य बैंकहरुले अहिले बचतमा पनि मुद्दतिकै हाराहरीमा ब्याज दिन थालेका छन् । 

Post Your Comment