Market Closed

ग्लोबल आईएमई बैङ्क : कम्पनी विश्लेषण (शुक्रवार, ३ वैशाख २०७३)

15 Apr,2016
  • global12_4_15_2016_4_29_58.jpg

बैङ्कको २०७२/७३ आवको दोस्रो त्रैमासमा खुद नाफा ४१ दशमलव १२ प्रतिशत बढेर रू. ७६ करोड २७ लाख पुगेको छ । गत आवमा रहेको रू. १४ करोड ३२ लाख खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल भएको छ ।

प्राविधिक विश्लेषण

  •    आरएसआई : न्युट्रल जोन (५१ दशमलव १६ स्केल)मा छ । खरीदविक्री चाप सन्तुलनमा रहेको छ । स्ट्याण्डर्ड डेभिएशन ६ दशमलव ५२ बिन्दुमा छ । यसले उतारचढाव सामान्य रहेको देखाउँछ ।

  •    मुभिङ एभरेज :अल्पकालीन २१ दिने औसत मूल्यरेखा र हालको मूल्य एकै ठाउँमा आएका छन् । २१ दिने मूल्यरेखा र सातदिने औसत मूल्य एकअर्कासँग टाढिँदै गएका छन् । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. ४ सय ७५ मा टेवा पाउन सक्छ र मूल्य महँगिएमा रू. ४ सय ९५ मा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको आव २०७१/७२ र आव २०७२/७३ को दोस्रो त्रैमासिक वित्तीय विवरणबीच तुलना :

  •  बैङ्कको दोस्रो त्रैमासमा खुद नाफा ४१ दशमलव १२ प्रतिशत बढेर रू. ७६ करोड २७ लाख पुगेको छ । गत आवमा रहेको रू. १४ करोड ३२ लाख खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल हुनाले खुद नाफा बढ्न टेवा पुगेको हो ।
  •  ब्याज आम्दानी ४ दशमलव ६९ प्रतिशत बढेर रू. २ अर्ब ४० करोड पुगेको छ भने ब्याज खर्च ५ दशमलव ५३ प्रतिशत घटेर रू. १ अर्ब ७ करोड पुगेको छ ।
  •  सञ्चालन आम्दानी ५७ दशमलव ९७ प्रतिशत बढेर रू. १ अर्ब ४ करोड पुगेको छ । कर्मचारी खर्च २९ दशमलव २२ प्रतिशत र अन्य सञ्चालन खर्च ९ दशमलव २० प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ८८ दशमलव १४ प्रतिशत घटेको छ ।
  •  रू. ६३ अर्ब ८२ करोड कुल निक्षेप सङ्कलन गरी रू. ५४ अर्ब ९८ करोड कर्जा प्रवाह गरेको छ ।
  •  कम्पनीको निष्क्रिय कर्जा शून्य १ शून्य ६४ प्रतिशत र सीडी रेशियो ७९ दशमलव ७१ प्रतिशत रहेको छ ।
  • पूँजी कोष लागत ३ दशमलव शून्य ६ प्रतिशत र पूँजी कोष पर्याप्तता १२ प्रतिशत छ ।
  • बैङ्कको दोस्रो त्रैमासिक विवरणमा उल्लेख भएअनुसार पीई रेशियो करीब १३ गुणा र प्रतिशेयर आम्दानी रू. २४ दशमलव ७५ छ । गत पुस मसान्तसम्ममा विगत १२ महीनाको आम्दानीका आधारमा प्रतिशेयर आम्दानी रू. १९ दशमलव १९ छ । सो आम्दानी र शेयरको पछिल्लो कारोबार मूल्यको आधारमा निकालिएको पीई रेशियो २५ गुणा छ । हालको शेयरमूल्य नेटवर्थको साढे ३ गुणा रहेको छ ।

Post Your Comment