Market Closed

ग्लोबल आईएमई बैङ्क : कम्पनी विश्लेषण (सोमवार, ३ असोज २०७३)

19 Sep,2016
  • global_ime_resize_9_19_2016_12_07_32.jpg


२०७२/७३ आवको असार मसान्तसम्मको वित्तीय विवरणअनुसार खुद नाफा ४४ प्रतिशत बढेको छ । वैदेशिक मुद्राको विनिमयबाट रू. २५ करोड १० लाख नाफा आर्जन गरेको छ । जगेडा कोष २ गुणा बढेको छ ।

प्राविधिक विश्लेषण
मैनबत्ती विश्लेषण : बैङ्कको अन्तिम ३ दिनको व्यापारमा ‘ग्रेभस्टोन डोजी’ आकृति बनेको छ । यसलाई रिभर्सल प्याटर्न पनि भनिन्छ । अन्तिम २ व्यापार दिनमा बैङ्कको शेयर कारोबारमा पनि उल्लेखनीय वृद्धि भएको छ । यसले बजारमा बैङ्कको शेयरमूल्य घटेपछि शेयर खरीद चाप बढेको देखाउँछ ।

आरएसआई : न्युट्रल जोन (४६ दशमलव ७२  स्केल)मा छ । खरीदविक्री चाप सन्तुलनमा रहेको छ । स्ट्याण्डर्ड डेभिएशन : १६ दशमलव शून्य ३ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र सातदिने औसत मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य २१ दिने औसत मूल्य रेखा,  ट्रेण्ड लाइन र सातदिने औसत मूल्यरेखाभन्दा तल छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. ५ सय १२ मा टेवा पाउने सङ्केत देखिन्छ । मूल्य महँगिएमा रू. ५ सय १४ मा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार २०७१/७२ आर्थिक वर्ष र २०७२/७३ आर्थिक वर्षबीच तुलना गर्दा :
- बैङ्कको चौथो त्रैमासमा नाफा ४४ दशमलव ३६ प्रतिशत बढेर रू. १ अर्ब ३८ करोड पुगेको छ । खुद ब्याज आम्दानी २६ प्रतिशत र सञ्चालन नाफा ५० दशमलव ६४ प्रतिशत बढ्नाले र गत आवमा रहेको रू. २५ करोड २२ लाख खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल हुनाले खुद नाफा बढेको हो ।

- चुक्तापूँजीको तुलनामा खुद नाफा १५ दशमलव ५८ प्रतिशतबाट बढेर २२ दशमलव ५० प्रतिशत पुगेको छ ।

- ब्याज आम्दानी ७ प्रतिशत बढेर रू. ४ अर्ब ९८ करोड पुगेको छ भने ब्याज खर्च ११ दशमलव ४९ प्रतिशत  बढेर रू. २ अर्ब ९ करोड पुगेको छ ।

- कर्मचारी खर्च ३ दशमलव ६१ प्रतिशत, कुल सञ्चालन नाफा २४ दशमलव ५३ प्रतिशत र अन्य सञ्चालन खर्च ११ दशमलव ६१ प्रतिशत बढेको छ ।

- बैङ्कले सम्भावित जोखीमबापतको व्यवस्थामा रकम ७ प्रतिशत बढाएर रू. ५८ करोड ८४ लाख पु¥याएको छ ।

- पूँजीकोष लागत ६ प्रतिशत र पूँजीकोष पर्याप्तता १२ प्रतिशत रहेको छ ।

- बैङ्कको चौथो त्रैमासको वित्तीय विवरणअनुसार तरलता अनुपात साढे ३५ गुणा, प्रतिशेयर आम्दानी रू. २२ दशमलव ५५ र मूल्य आम्दानी अनुपात करीब २३ गुणा छ । हालको शेयरमूल्य नेटवर्थको साढे ३ गुणा छ ।

Post Your Comment