Market Closed

अब चार वर्ष ग्लोबल आइएमइको कमाण्ड जनक पौडेलको हातमा

29 Nov,2017
  • gbime_11_29_2017_5_24_53.jpg
नेपाली पैसा 
 
काठमाडौं : ग्लोबल आइएमइ बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौडेल नियुक्त भएका छन् । बैंकले पौडेल सीइओमा नियुक्त भएको जानकारी नेपाल स्टक एक्सचेन्जलाई पनि गराएको छ । पौडेल बुधबारबाटै लागू हुने गरी आगामी ४ वर्षका लागि ग्लोबल आइएमइमा सीइओ नियुक्त भएका हुन् । अनिल ज्ञवालीले २ वर्ष कार्यकाल बाँकी हुँदै बैंक छाडेपछि जनक शर्मा पौडेल कामु प्रमुख कार्यकारीमा नियुक्त भएका थिए । तर, बुधबारबाट भने उनले सीइओकै जिम्मेवारी पाएका हुन् ।  पौडेलले नबिल बैंकबाट करियर सुरु गरेका थिए ।
 
 
 
 

Post Your Comment