Market Closed

ग्लोबल आइएमई बैंक अब बेलायतमा पनि, गभर्नरले गरे सम्पर्क कार्यालयको उद्घाटन

23 Jan,2018
  • gbime_1_23_2018_1_18_58.jpg
नेपाली पैसा 
 
काठमाडौं : ग्लोबल आइएमई बैंकले संयुक्त अधिराज्य बेलायतकोे एल्डरसर्ट हम्सपायरमा सम्र्पक कार्यालय खोलेको छ । यो सँगै ग्लोबल आइएमई बैंक बेलायतमा सम्पर्क कार्यालय खोल्ने वाणिज्य बैंक बनेको छ । राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले सम्पर्क कार्यालयको उद्घाटन गरे । सम्र्पक कार्यालय उद्घाटन गर्दै गर्भनर डा.नेपालले ग्लोबल आइएमई बैंकलाई संयुक्त अधिराज्य बेलायतमा सम्र्पक कार्यालय खोल्न सफल भएकोमा बधाई दिए । कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले ग्लोबल आइएई बैंकले बेलायमा सम्पर्क कार्यालय खोलेपछि देश बाहिर सहजरुपमा वित्तीय सेवा लिन सहज हुने बताए । कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकले मुलुकबाहिर पनि सम्पर्क कार्यालय खोल्ने योजना अनुसार बेलायतमा बैंक आइपुगेको बताए । उनले बैंकले देश भित्र ७ वटै प्र्रदेशमा आफ्नो सेवा विस्तार गरिसेकेको र देश बाहिर पनि अन्य धेरै मुलुकहरुमा आफ्नो सम्र्पक तथा प्रतिनिधि कार्यालयहरु सञ्चालन गर्ने योजना रहेको सुनाए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याले बैंकले बेलायतमा सम्र्पक कार्यालय खोलेपछि सम्पर्क कार्यालयले नेपाल तथा संयुक्त अधिराज्य बेलायतका व्यवसायीहरुबीच व्यापारिक एवं लगानी सम्वन्धी प्रवद्र्धनात्मक कार्यमा सहयोग पुग्ने अपेक्षा लिए । काम तथा पढाईको सिलसिलामा बेलायत पुगेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स लगायतका काम गर्न पनि सहज हुने अपेक्षा गरिएको छ । ग्लोबल आइएमई बैंकले यसअघि अष्ट्रेलियाको सिड्नी तथा भारतको नयाँ दिल्लीमा पनि सम्र्पक कार्यालय खोलिसकेको छ । बैंकको ११३ वटा शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउन्टर, १४ वटा राजस्व संकलन काउन्टर तथा ६० शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
 
 

Post Your Comment