ग्लोबल आइएमईको प्रगति सामान्य, खुद नाफा ५.१५% ले बढ्दा रिजर्भमा ३ अर्ब ३६ करोड

28 Jan,2018
  • Global-IME-bank_1_28_2018_2_22_24.jpg
नेपाली पैसा
 
काठमाडौं : ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले गत वर्षको तुलनामा ५.१५% ले खुद नाफा वृद्धि गरेर ९५ करोड २९ लाख रुपैयाँ पुर्याएको छ । बैंकले गत आवको यही अवधिमा ९० करोड ६२ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । ग्लोबल आइएमईले १ अर्ब ७२ करोड ९६ लाख ४० हजार रुपैयाँ खुद ब्याज आम्दनी गरेको छ । खुद ब्याज आम्दानी पनि गत वर्षको तुलनामा ३.०४% ले बढेको हो । बैंकको सञ्चालन नाफा भने घटेको छ । गत आर्थिक वर्षमा १ अर्ब १७ करोड ६७ लाख ८१ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको ग्लोबल आइएमईले यो वर्ष १ अर्ब १७ करोड १५ लाख ९१ हजार रुपैयाँ कमाएको छ । बैंकले २३ करोड ३० लाख १७ हजार रुपैयाँ राइट ब्याक गरेको छ भने प्रोभिजनमा २० करोड ७६ लाख ३६ हजार रुपैयाँ राखेको छ । ग्लोबलले दोस्रो त्रैमाससम्ममा १ खर्ब २१ करोड ६३ लाख १० हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । यो अवधिमा बैंकले ८८ अर्ब ९ करोड ४२ लाख ६३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । कर्जा निक्षेप अनुपात ७७.७०% छ । खराब कर्जा गत वर्ष जस्तै यसपालि पनि १.६१% मा सीमित छ । कस्ट अफ फन्ड ४.०५% बाट बढेर ६.९८% पुगेको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोड ८३ लाख ७६ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा कोषमा ३ अर्ब ३६ करोड ९३ लाख ४६ हजार रुपैयाँ राखेको छ । ग्लोबल आइएमईको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ४४ पैसा छ भने प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ९१ रुपैयाँ छ ।
 

Post Your Comment