Market Closed

ग्लोबल आइएमई बैंकको पोखरा लेखनाथ स्थित पृथ्वीचोकमा रहेको शाखा अब कहाँ सर्यो ?

11 Apr,2018
  • Global-IME-bank_1_2_4_11_2018_4_46_49.jpg
नेपाली पैसा 
 
काठमाडौं : ग्लोबल आइएमई बैंकको पोखरा लेखनाथ महानगरपालिका वडा नं ८ स्थित पृथ्वीचोकमा रहेको शाखा कार्यालय बुधबार (चैत २८ गते) देखि नयाँ ठाँउमा स्थान्तरण भएको छ । ग्लोबलको नयाँ शाखा अब पोखरा लेखनाथ महानगरपालिका अमरसिंह चोकमा रहनेछ । बैंकले त्यस शाखाका सेवाग्राहीले अबदेखि अमरसिंह चोकबाट कारोबार गर्न आग्रह गरेको छ ।
 
शाखा सञ्चाल विस्तारको क्रममा रहेको ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोड ८३ लाख ७६ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा यस बैंकले ९५ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २१ रुपैयाँ ४४ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ९१ पैसा छ ।   
 

Post Your Comment