ग्लोबल आइएमई बैंकमा केवाइसी बुझाउन असार मसान्तसम्मको डेडलाइन, बहु खाता हुनेले अब के गर्ने ?

03 May,2018
  • Global-IME-bank_1___5_3_2018_4_42_10.jpg
नेपाली पैसा
 
काठमाडौं : ग्लोबल आइएमई बैंकले आफ्ना सबै ग्राहकलाई असार महिनाभित्र केवाइसी फराम भरेर बुझाउन अन्तिम समय दिएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार ग्राहकहरुको पहिचान विवरण (केवाइसी) अनिवार्य रुपमा अद्यावधिक गर्नुपर्ने भएकाले ग्लोबलले अन्तिम समय दिएको हो । अब यस बैंकमा खाता भएकाहरुले आफूलाई पायक पर्ने कुनै पनि शाखामा गएर चालु आर्थिक वर्षभित्र केवाइसी भरेर बुझाइसक्नुपर्नेछ ।
 
बैंकले असार मसान्तसम्म पनि आफ्नो पहिचान सम्बन्धी विवरण अद्यावधिक नगर्ने ग्राहकको खाता रोक्का गरिने फेरि जानकारी गराएको छ । १ भन्दा बढी खाता भएकाहरुलाई पनि तत्काल बन्द गरी एउटा मात्र सञ्चालन गर्न आग्रह गरिएको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार बचत, चल्ती वा कल खाता भएका सेवाग्राहीले यी मध्ये एउटा मात्र सञ्चालन गर्न पाइनेछ । एक भन्दा बढी खाता भएकाले तत्काल बन्द नगरेमा उनीहरुको खाता रोक्का गरिने बैंकले उल्लेख गरेको छ । मुद्दति खातामा भने यो नियम लागू हुनेछैन ।
 
 

Post Your Comment