Market Closed

ग्लोबल आइएमई बैंकको एजीएम आज, १६% बोनस प्रस्ताव पेश

11 Jan,2019
  • Global-IME-bank-Ltd_6_20_2018_2_21_55.jpg
नेपाली पैसा
 
काठमाडौं : ग्लोबल आइएमई बैंकको वार्षिक साधारण सभा नक्साल ब्यांक्वेट, काठमाडौंमा आज (पुस २७ गते) बिहान १० बजे सुरु भएको छ । बैंकले १६% बोनस सेयर दिने प्रस्ताव सभामा पेश गरेको छ । उक्त बोनस साधारण सभाले पारित गरेपछि वितरण प्रक्रिया सुरु हुनेछ । 
 
साधारण सभामा बैंकले अधिकृत पुँजी १० अर्बबाट बढाएर १६ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पनि राखेको छ । यस्तै, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश भएको ।
 
बैंकले साधारण सभाको लागि पुस १५ गतेदेखि बुक क्लोज गरेको छ । पुस १४ गतेसम्म कायम रहेका सेयरधनीले मात्रै उक्त लाभांश पाउनेछन् । हाल ग्लोबल आइएमईको चुक्ता पुँजी ८ अर्ब ८८ करोड ८३ लाख ७६ हजार रुपैयाँ छ । बैंकले यही पुँजीमा १६% बोनस दिन लागेको हो । बोनसमा १ अर्ब ४२ करोड २१ लाख ४० हजार १६० रुपैयाँ खर्च गर्नेछ ।
 
बोनस वितरणपछि चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १६ हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यो बैंकले ५३ करोड ५८ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

Post Your Comment