Market Closed

गण्डकीले पनि ३ लाख ५२ हजार कित्ता सेयर लिलामीमा बेच्दै, बिहीबारदेखि खुला

13 Mar,2018
  • gandaki_3_1_3_13_2018_11_09_59.jpg
नेपाली पैसा 
 
काठमाडौं : गण्डकी विकास बैंकले चैत १ गते (बिहीबार) देखि ३ लाख ५२ हजार ९०१.५० कित्ता सेयर लिलामीमा बिक्री खुला गर्दैछ । बैंकले संस्थापक समूहको १ लाख ३० हजार ७१६.९० कित्ता र सर्वसाधारण समूहको २ लाख २२ हजार १८४.६० कित्ता गरी कुल ३ लाख ५२ हजार ९०१.५० कित्ता सेयर लिलामीमा बेच्न लागेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी आवेदन दिनुपर्नेछ ।

लिलामी भर्ने अन्तिम म्याद चैत ८ गतेसम्म तोकिएको छ । यसअघि गण्डकीले पुस ७ देखि माघ ११ गतेसम्म ४ः१ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ४६ लाख ९ हजार ८१५.५ कित्ता सेयर बिक्री खुला गरेको हो । त्यस समयभित्र आवश्यकता अनुसार सबै हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो ।

बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी, काठमाडौं तथा गण्डकी विकास बैंकको केन्द्रीय कार्यालय चिप्लेढुंगा पोखरा तथा शाखा कार्यालयहरु खिचापोखरी काठमाडौं, विराटनगर, वीरगञ्ज र बुटवल चौराहा शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । 
 
त्यसैगरी, प्रभु बैंकको नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट पनि सेयर भर्न सकिनेछ । हाल यस बैंकको चुक्ता पुँजी १ अर्ब ८४ करोड ३९ लाख २६ हजार रुपैयाँ छ । लिलामी सेयर बिक्रीपछि भने बैंकको चुक्ता पुँजी २ अर्ब ३० करोड ४९ लाख ७ हजार ५५० रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गण्डकीले २० करोड ४५ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको हो । यसको प्रतिसेयर आम्दानी २२ रुपैयाँ १८ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ७३ पैसा छ । 
 

Post Your Comment