Market Closed

गण्डकीको पनि ३ लाख ५२ हजार कित्ता सेयर लिलामी खुला, कहाँबाट दिने आवेदन ?

15 Mar,2018
  • Gandaki-bikas-bank-Ltd_3_15_2018_10_43_01.jpg
नेपाली पैसा
 
काठमाडौं : गण्डकी विकास बैंकले पनि बिहीबार (चैत १ गते) देखि ३ लाख ५२ हजार ९०१.५० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । बैंकले संस्थापक समूहको १ लाख ३० हजार ७१६.९० कित्ता र सर्वसाधारण समूहको २ लाख २२ हजार १८४.६० कित्ता गरी कूल ३ लाख ५२ हजार ९०१.५० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी आवेदन दिनुपर्नेछ । लिलामीमा आवेदन दिने अन्तिम म्याद भने चैत ८ गते तोकिएको छ ।

यसअघि बैंकले पुस ७ गतेदेखि माघ ११ गतेसम्म ४ः१ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ४६ लाख ९ हजार ८१५.५ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार सबै हकप्रद सेयर नबिकेपछि बैंकले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो । बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी, काठमाडौं तथा गण्डकी विकास बैंकको केन्द्रीय कार्यालय चिप्लेढुङ्गा पोखरा तथा खिचापोखरी काठमाडौं, विराटनगर, विरगञ्ज र बुटवल चौराहा शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

त्यसैगरी, प्रभु बैंकको नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । हाल यो बैंकको चुक्ता पुँजी १ अर्ब ८४ करोड ३९ लाख २६ हजार रुपैयाँ छ । लिलामी सेयर बिक्रीपछि भने बैंकको चुक्ता पुँजी २ अर्ब ३० करोड ४९ लाख ७ हजार ५५० रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गण्डकीले २० करोड ४५ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको हो । यसको प्रतिसेयर आम्दानी २२ रुपैयाँ १८ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ७३ पैसा छ ।

Post Your Comment