Market Closed

गण्डकीको ३ लाख ५२ हजार कित्ता सेयर लिलामी खुलिरहेको छ, भर्नु भयो ?

19 Mar,2018
  • Gandaki-bikas-bank-Ltd_3_3_19_2018_5_57_04.jpg
नेपाली पैसा 
 
काठमाडौं : गण्डकी विकास बैंकको ३ लाख ५२ हजार ९०१.५० कित्ता सेयर लिलामी बिक्री भइरहेको छ । अब ३ कार्य दिन (बिहीबार) भित्र इच्छुक व्यक्तिले लिलामी बोलपत्र पेश गर्नुपर्नेछ । बैंकले चैत १ गतेदेखि संस्थापक समूहको १ लाख ३० हजार ७१६.९० कित्ता र सर्वसाधारण समूहको २ लाख २२ हजार १८४.६० कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकेर आवेदन दिनुपर्नेछ । यसअघि बैंकले पुस ७ गतेदेखि माघ ११ गतेसम्म ४ः१ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ४६ लाख ९ हजार ८१५.५ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी, काठमाडौं तथा गण्डकी विकास बैंकको केन्द्रीय कायर्मलय चिप्लेढुंगा पोखरा तथा खिचापोखरी काठमाडौं, विराटनगर, वीरगञ्ज र बुटवल चौराहा शाखा कार्यालयबाट पनि लिलामी भर्न मिल्नेछ । 
 
त्यसैगरी, प्रभु बैंकको नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट पनि लिलामी भर्न पाइनेछ । हाल यस बैंकको चुक्ता पुँजी १ अर्ब ८४ करोड ३९ लाख २६ हजार रुपैयाँ छ । लिलामी सेयर बिक्रीपछि चुक्ता पुँजी २ अर्ब ३० करोड ४९ लाख ७ हजार ५५० रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गण्डकीले २० करोड ४५ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको हो । यसको प्रतिसेयर आम्दानी २२ रुपैयाँ १८ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ७३ पैसा छ ।
 
 

Post Your Comment