Market Closed

गण्डकीको संस्थापकले सेयर बिक्री गर्दै, ३५ दिनभित्र निवेदन दिइसक्नुपर्ने

01 Apr,2018
  • Gandaki-bikas-bank-Ltd__4_1_2018_1_32_23.jpg
नेपाली पैसा
 
काठमाडौं : गण्डकी विकास बैंकका केही संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने भएका छन् । संस्थापकहरुले बिक्री गर्न लागेका सेयर संख्या र भाउ भने खुलाइएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इन्छुक संस्थापक सेयरधनीले आइतबार (चैत १८ गते) बाट ३५ दिनभित्र गण्डकी विकास बैंकको केन्द्रीय कार्यालय चिप्लेढंगा, पोखरामा निवेदन दिनुपर्नेछ । 
 
यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने अन्य लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ । यो बैंकले हालैमात्र २५% हकप्रद बिक्री गरी चुक्ता पुँजी २ अर्ब ३० करोड ४९ लाख ७ हजार ५५० रुपैयाँ पुर्याएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गण्डकीले २० करोड ४५ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको हो । यसको प्रतिसेयर आम्दानी २२ रुपैयाँ १८ पैसा र प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ७३ पैसा छ ।
  
 
 
 

Post Your Comment