Market Closed

गण्डकीको खुद नाफा २४.६४% बढ्दा पनि प्रतिसेयर आम्दानी किन खुम्चियो ?

23 Apr,2018
  • Gandaki-bikas-bank-Ltd__4_23_2018_2_36_01.jpg
नेपाली पैसा 
 
काठमाडौं : गण्डकी विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३४ करोड ४ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्ष भन्दा २४.६४% धेरै हो । गत वर्ष यो बैंकले २७ करोड ३१ लख ३५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । बैंकले खुद ब्याज आम्दानी ३२.६७% र सञ्चालन नाफा २२.९०% बढोत्तरी गर्न सफल भएको छ ।

गत वर्ष ५३ करोड १६ लाख रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको यस बैंकले अहिले खुद ब्याज आम्दानी ७० करोड ५३ लाख ४१ हजार रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफा पनि ४२ करोड ४५ लाखबाट बढाएर ५२ करोड १८ लाख १२ हजार रुपैयाँ पुर्याउन गण्डकी सफल भएको छ । ब्याज आम्दानी र सञ्चालन नाफा राम्रो हुँदा खुद नाफा माथि लैजान सहयोग पुगेको देखिन्छ । 
 
निक्षेप ६७.४९% वृद्धि गरेर २० अर्ब ४३ करोड ४० लाख ५९ हजार रुपैयाँ पुर्याएको यस बैंकले १८ अर्ब ३२ करोड २९ लाख ५२ हजार कर्जा लगानी गरेको छ । लगानी ६३.५३% ले बढेको हो । गत वर्ष गण्डकीले १२ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो भने ११ अर्ब २० करोड रुपैयाँ कर्जा लगानी गर्न सकेको थियो । 
 
बैंकले खराब कर्जा पनि सुधार गरेर ०.८४% मा सीमित गरिदिएको छ । गत वर्ष खराब कर्जा १.१४% रहेको थियो । चुक्ता पुँजी २ अर्ब ३० करोड ४९ लाख ८ हजार रुपैयाँ रहेको यो बैंकको जगेडा कोषमा १ अर्ब २९ करोड ८३ लाख ५४ हजार रुपैयाँ छ । गत वर्ष चुक्ता पुँजी १ अर्ब १९ करोड र जगेडा कोषमा ५५ करोड ७१ लाख ३७ हजार रुपैयाँ थियो । 
 
यता, भारी मात्रमा चुक्ता पुँजी वृद्धि गर्दा बैंकको प्रतिसेयर आम्दानीमा भने गिरावट आएको छ । गत वर्षको यसै त्रैमासमा २७ रुपैयाँ ७४ रहेको प्रतिसेयर आम्दानी अहिले १९ रुपैयाँ ६९ पैसा (वार्षिक) कायम भएको छ । प्रतिसेयर नेटवर्थ भने १३७ रुपैयाँ ०४ पैसाबाट बढेर १५६ रुपैयाँ ३३ पैसा कायम भएको छ ।  
 
 
 
 
 

Post Your Comment