Market Closed

गण्डकीको १९.३१% बोनस सुरक्षित गर्ने आजै अन्तिम दिन, जेठ २५ मा एजीएम

21 May,2018
  • Gandaki-bikas-bank-Ltd___5_21_2018_10_11_27.jpg
नेपाली पैसा 
 
काठमाडौं : गण्डकी विकास बैंकको १९.३१% बोनस सुरक्षित गर्ने सोमबार (जेठ ७ गते) अन्तिम दिन हो । जेठ २५ मा साधारण सभा गर्न बैंकले मंगलबारदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ । सोमबारसम्म कायम सेयरधनीले मात्र गण्डकीको बोनस सुरक्षित गर्न सक्नेछन् । 
बैंकले बोनस वितरणमा ४४ करोड ५० लाख ९२ हजार २५० रुपैयाँ खर्च गर्नेछ । गण्डकीले २०७४ असार २० गतेसम्म कायम सेयधनीलाई बोनस सेयरमा कर छुट दिने प्रस्ताव पनि पेश गर्नेछ ।

मर्ज भएका कम्पनीका सेयरधनीले निश्चित अवधिसम्म कर छुट पाउने प्रावधान छ । तर मर्ज भइसकेपछि सेयर किनेकाले भने यस्तो छुट पाउने छैनन् । साधारण सभा होटल पोखरा ग्रान्ड, पार्दि विरौटा पोखरामा बिहान ८.३० बजे सुरु हुनेछ ।

आर्थिक वर्ष २०७३–७४ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि छ । यस्तै, आर्थिक वर्ष २०७४–७५ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । 
 
संस्थापक र सर्वसाधारण सेयरधनीको तर्फबाट ३–३ जना सञ्चालकको निर्वाचन गर्ने तथा उनीहरुको भत्ता एवं सुविधा वृद्धि गर्ने प्रस्ताव पनि छ । हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब ३० करोड ४९ लाख ७ हजार ७५० रुपैयाँ छ । बोनसपछि पुँजी २ अर्ब ७५ करोड पुग्नेछ ।

गण्डकी विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३४ करोड ४ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ६९ पैसा (वार्षिक) रहेको यस बैंकको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ३३ पैसा छ ।     
 
 

Post Your Comment