Market Closed

गण्डकीको १९.३१% बोनसमा मूल्य समायोजनपछि प्रतिकित्ता भाउ कति ?

22 May,2018
  • Gandaki-bikas-bank-Ltd_5_22_2018_10_35_57.jpg
नेपाली पैसा
 
काठमाडौं : गण्डकी विकास बैंकको १९.३१% बोनस सेयरमा मूल्य समायोजन भएको छ । मूल्य समायोजनपछि गण्डकीको सेयर भाउ प्रतिकित्ता २१४.५७ रुपैयाँ कायम भएको छ । मंगलबार यो बैंकको सेयर कारोबार यही मूल्यलाई आधार मानेर खुल्दैछ । यसको औसत आधार मूल्य भने २८०.७८ रुपैयाँ छ ।
 
गण्डकीले जेठ २५ गते हुने वार्षिक साधारण सभामा १९.३१% बोनस सेयर दिने प्रस्ताव गर्दैछ । यसका लागि बैंकले मंगलबारदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको हो । यो बोनस हालै बिक्री भएको २५% हकप्रद सेयर भर्नेले पनि पाउनेछन् ।
 
हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब ३० करोड ४९ लाख ७ हजार ७५० रुपैयाँ छ । बोनसपछि पुँजी २ अर्ब ७५ करोड रुपैयाँ पुग्नेछ । गण्डकीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३४ करोड ४ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ६९ पैसा (वार्षिक) रहेको यस बैंकको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ३३ पैसा छ ।

Post Your Comment