Market Closed

गण्डकीको साधारण सभा आज, लगानीकर्तालाई १४.२०% नगद लाभांश

10 Jan,2019
  • Gandaki-bikas-bank-Ltd_6_8_2018_10_11_42.jpg
नेपाली पैसा 
 
काठमाडौं : गण्डकी विकास बैंकको १४.२०% नगद लाभांश पारित गर्न बिहीबार (पुस २६ गते) साधारण सभा भइरहेको छ । पुस १० गतेसम्म कायम सेयरधनीले यो लाभांश पाउनेछन् । बैंकले गत आर्थिक वर्षको वितरण योग्य नाफाबाट १४.२०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरेको हो । 
 
साधारण सभा प्रयोजनका लागि गण्डकीले पुस ११ गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज गरेको छ । बैंकले गत नगद लाभांशमा ३९ करोड ५ लाख रुपैयाँ खर्च गर्दैछ । साधारण सभा माउन्ट कैलाश रिसोर्ट लेकसाइड, पोखरामा ९ बजे सुरु भएको हो ।
 
सभामा बैंकले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०७४ र ७५ को वार्षिक प्रतिवेदन सहित २०७५ असार मसान्त सम्मको वासलात लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव राखिएका छन् । 
 
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । बैंकमा अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश गरिएको छ । 
 
हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब ७५ करोड रुपैयाँ छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यो बैंकले १० करोड २७ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गण्डकीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९५ पैसा र प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ६३ पैसा छ ।

Post Your Comment