Market Closed

गण्डकीको खुद नाफा १४.६६% ले वृद्धि हुँदा प्रतिसेयर आम्दानी किन घट्यो ?

12 May,2019
  • Gandaki-bikas-bank-Ltd_6_8_2018_10_11_42.jpg
नेपाली पैसा
 
काठमाडौं : गण्डकी विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ३९ करोड ३ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा नाफा १४.६६% ले बढी हो । गत वर्ष बैंकले ३४ करोड ४ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
 
खुद ब्याज आम्दानी गत वर्षको यसै अवधिको तुलनामा २१.८९% ले बढेर ८५ करोड ९७ लाख ९३ हजार रुपैयाँ पुगेको छ । बैंकले गत वर्ष यसै अवधिमा ७० करोड ५३ लाख ४१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 
 
यता, सञ्चालन नाफा पनि गत वर्षको तुलनामा १४.९८% ले बढेर ६० करोड १ हजार रुपैयाँ पुगेको छ । गण्डकीले चैत मसान्तसम्म २७ अर्ब ४८ करोड ९२ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरेर २४ अर्ब १९ करोड १८ लाख १३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
 
गण्डकीको चुक्ता पुँजी यस अवधिमा १९.३१% ले बढेर २ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । जगेडा कोष भने २२.३४% ले घटेको छ । चैत मसान्तसम्म जगेडा कोषमा १ अर्ब ८१ लाख ८५ हजार रुपैयाँ जम्मा भएको छ । गत वर्ष यसै अवधिमा भने जगेडा कोषमा १ अर्ब २९ करोड ८३ लाख ५४ हजार रुपैयाँ रहेको थियो । 
 
पुँजी वृद्धिको अनुपातमा नाफा नबढ्दा प्रतिसेयर आम्दानीमा सामान्य गिरावट आएको छ । गण्डकीको यस अवधिमा प्रतिसेयर आम्दानी ७६ पैसाले घटेर १८ रुपैयाँ ९३ पैसा पुगेको छ । गत वर्ष यसै अवधिमा बैंकको प्रतिसेयर आम्दानी १५६ रुपैयाँ ६३ पैसा रहेको थियो । यस अवधिमा प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ४ पैसा रहेको छ ।

गण्डकीको वित्तीय विवरण यहाँबाट हेर्नुहोस् ।

Post Your Comment