Market Closed

गुडविल फाइनान्सको ८१ हजार ७२५ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

26 Sep,2017
  • goodwills_9_26_2017_10_24_55.jpg
नेपाली पैसा 
 
काठमाडौं ः गुडविल फाइनान्सले बिक्री खुला गरेको सर्वसाधारण समूहको ८१ हजार ७२५ कित्ता सेयर लिलामी भर्ने आज (असोज १० गते) अन्तिम दिन हो । मंगलबार कार्यालय समयसम्म मात्र यो लिलामीमा आवेदन दिन सकिनेछ । असोज १ गतेदेखि बिक्री खुला गरेको फाइनान्सको यो लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । यसअघि कम्पनीले असार १८ गतेदेखि साउन २२ गतेसम्म २७ लाख २२ हजार ५०० ९६०५० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यो समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो । आवेदकले बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट काठमाडौंमा पुग्ने गरी फारम बुझाउनु पर्नेछ । हाल गुडविलको चुक्ता पुँजी ५८ करोड १६ लाख ६५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा फाइनान्सले ९ करोड ६० लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गुडविलको प्रतिसेयर आम्दानी २१ रुपैयाँ १७ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ५० पैसा रहेको छ ।
 

Post Your Comment