Market Closed

गुडविलले दिने भयो १०.७२९% लाभांश, १०.१९२% बोनस र ०.५३७% नगद

16 Nov,2017
  • Goodwill-Finance-company-Ltd_11_16_2017_12_09_51.jpg
नेपाली पैसा
 
काठमाडौं : गुडविल फाइनान्सले १०.७२९% लभांश दिने भएको छ । फाइनान्सले गत असार २८ देखि साउन २२ गतेसम्म बिक्री खुला गरेको ६०% हकप्रदपछि कायम हुने चुक्ता पुँजीको १०.१९२% बोनस सेयर र ०.५३७% नगद लाभांश दिने घोषणा गरेको हो । हकप्रद बिक्रीपछि गुडविलको चुक्ता पुँजी ७२ करोड ६० लाख रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड २० लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यस फाइनान्सको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ६५ पैसा र प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ ९५ पैसा छ ।
 

Post Your Comment