Market Closed

गुडविलको १०.१९% बोनस प्रस्तावसहित पुस ७ मा साधारण सभा, कहिले हुँदैछ बुक क्लोज ?

30 Nov,2017
  • Goodwill-Finance-company-Ltd_11_30_2017_3_17_24.jpg
नेपाली पैसा
 
काठमाडौं : गुडविल फाइनान्सले पुस ७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा फाइनान्सले १०.१९% बोनस सेयरलाई मुख्य एजेन्डा बनाएको छ । कम्पनीले बोनस सेयरमा लाग्ने कर तिर्न ०.५३६% नगद लभांश दिने प्रस्ताव पनि पेस गर्नेछ । यसका साथै बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ बमोजिम हुने गरी प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभामा लैजाने भएको छ । गुडविलले मंसिर २५ गतेदेखि साधारण सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । यसआधारमा, मंसिर २४ गतेसम्म कायम सेयरधनीले मात्र फाइनान्सले दिने लाभांश पाउनेछन् । सभा पुस ७ गते बिहान ११ बजे गुडविल फाइनान्स, गुडविल कम्प्लेक्स, हात्तिसार काठमाडौंमा सुरु हुनेछ । हाल गुडविलको चुक्ता पुँजी ७२ करोड रुपैयाँ छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड २० लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ६५ पैसा र प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ ९५ पैसा छ ।
 

Post Your Comment