Market Closed

गुडविल फाइनान्सको १०.१९% बोनस समायोजनपछि तोकियो नयाँ भाउ

11 Dec,2017
  • Goodwill-Finance-company-L_12_11_2017_11_24_15.jpg
नेपाली पैसा
 
काठमाडौं : गुडविल फाइनान्सको १०.१९% बोनस सेयरमा मूल्य समायोजन भएको छ । फाइनान्सको बोनसपछि सेयर मूल्य प्रतिकित्ता १६१ रुपैयाँ कायम भएको छ । सोमबार गुडविलको सेयर कारोबार पनि १६१ रुपैयाँलाई नै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य भने २१३ रुपैयाँ हो । गुडविलले पुस ७ गते साधारण सभा गर्न सोमबारदेखि बुक क्लोज गरेको हो । सभामा फाइनान्सले १०.१९% बोनस सेयर र कर तिर्न ०.५३६% नगद लाभांश दिने प्रस्ताव गर्नेछ । हाल गुडविलको चुक्ता पुँजी ७२ करोड रुपैयाँ छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड २० लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ६५ पैसा र प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ ९५ पैसा छ ।
 
 
 

Post Your Comment