Market Closed

गुराँस लाइफ इन्स्योरेन्स : कम्पनी विश्लेषण

09 Mar,2016
  • Gurans_3_9_2016_3_13_39.jpg

कम्पनीको २०७२/७३ आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा रू. ९६ लाख ४१ हजार रहेको छ।  कम्पनीको फागुन १४ गते भएको साधारणसभामा १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश पारित गरिसकेको छ।

प्राविधिक विश्लेषण
आरएसआई : न्यूट्रल जोन (४१ दशमलव ९३ स्केल)मा छ । खरीदविक्री चाप सन्तुलनमा रहेको छ । स्ट्याण्डर्ड डेभिएशन ६ दशमलव ६२ बिन्दुमा छ । यसले उतारचढाव सामान्य रहेको देखाउँछ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र ७ दिने मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य २१ दिने रेखा र ७ दिने रेखाभन्दा माथि छ भने ट्रेण्ड लाइनभन्दा तल रहेको छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. ६ सय २१ मा टेवा पाउन सक्छ । मूल्य महँगिएमा रू.६ सय ७३ मा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको आव २०७१/७२ र आव २०७२/७३ को दोस्रो त्रैमासिक वित्तीय विवरणबीच तुलना :
- कम्पनीको दोस्रो त्रैमासमा खुद नाफा ३० प्रतिशतले घटेर रू. ९६ लाख ४१ हजारमा सीमित भएको छ । आम्दानी १० दशमलव ३६ प्रतिशतले घट्नाले खुद नाफा घटेको हो ।

- चुक्तापूँजीको तुलनामा खुद नाफा २ दशमलव ७५ प्रतिशतबाट घटेर १ दशमलव ९२ प्रतिशतमा सीमित भएको छ ।

- जगेडा कोष १२ दशमलव ८७ प्रतिशतले बढेर रू. १७ करोड ५० लाख , बीमा कोष ४९ दशमलव ९० प्रतिशतले बढेर रू. १ अर्ब ७८ करोड पुगेको छ ।

- दीर्घकालीन लगानी तथा कर्जा ८ दशमलव ५० प्रतिशतले घटेर रू. १९ करोड ८४ लाखमा सीमित भएको छ ।

- नाफा नोक्सान हिसाबमा आम्दानी १० दशमलव ३६ प्रतिशतले घटेर रू. १ करोड ८१ लाखमा सीमित भएको छ भने व्यवस्था तथा खर्च ३२ प्रतिशतले बढेर रू. ८४ लाख ९० हजार पुगेको छ ।

- आय ५० दशमलव ६९ प्रतिशतले र व्यय ५३ दशमलव ७७ प्रतिशतले बढेको छ ।

- चालू सम्पति कर्जा तथा पेश्कीहरु ४० दशमलव ४० प्रतिशत र चालू दायित्व तथा व्यवस्था ६१ प्रतिशतले बढेको छ ।

- गत आवमा रू. १ अर्ब ५८ करोड कुल बीमाशुल्क आर्जन रकम रहेको यस कम्पनीको चालू आवमा भने ५८ प्रतिशतले बढेर रू. २ अर्ब ५० करोड पुगेको छ । कुल दावी भुक्तानी रकम १८ दशमलव ५५ प्रतिशतले बढेर रू. १ करोड ८२ लाख पुगेको छ ।

- कम्पनीको भुक्तानी हुन बाँकी दावी रकम ११ दशमलव ७९ प्रतिशतले घटेर रू. १ करोड ७ लाख पुगेको छ र भुक्तानी हुन दावी सङ्ख्या २० प्रतिशतले बढेर ७८ पुगेको छ ।

- कम्पनीको ७ क्षेत्रीय कार्यलय, ३२ उपशाखा र १९ शाखामार्फत विभिन्न ठाउँमा सेवा प्रदान गरिरहेको छ ।

- कम्पनीको दोस्रो त्रैमासिक विवरणमा उल्लेख भएअनुसार आम्दानीका आधारमा प्रतिशेयर आम्दानी रू. ३ दशमलव ८६ र पीई रेशियो १ सय ७४ गुणा छ । हालको शेयर मूल्य नेटवर्थको करीब ५ गुणा मात्र छ ।

Post Your Comment