Market Closed

गुराँस लाइफको ५०% हकप्रद भर्ने आज अन्तिम मौका, फेरि आउँदैछ १००%

15 May,2019
  • gurans-life-insurance-company-ltd_5_9_2018_11_36_33.jpg
नेपाली पैसा 
 
काठमाडौं : गुराँस लाइफ इन्सुरेन्सको ५०% हकप्रद सेयर भर्ने बुधबार (जेठ १ गते) अन्तिम दिन हो । लगानीकर्ताले कार्यालय समयभित्र यसमा आवेदन दिइसक्नुपर्नेछ । गुराँसले गत चैत २८ गतेदेखि हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले २ः१ अनुपातमा २९ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको छ । यसमा चैत ५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । 
 
गुराँस लाइफको हकप्रदमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गरेको छ । लक्ष्मी बैंकको महाराजगञ्ज काठमाडौं, पुल्चोक ललितपुरबाट आवेदन दिन सकिनेछ । यसैगरी, वीरगञ्ज, विराटनगर, भैरहवा, पोखरा, नारायणगढ, नेपालगञ्ज, धनगढी र जनकपुर शाखाबाट आवेदन दिन मिल्नेछ । 
 
यस्तै, इटहरी, दमक, धरान, लहान, वालिङ, वीरेन्द्रनगर, घोराही, जलेश्वरबाट आवेदन दिन मिल्नेछ । श्रीनगर, चरीकोट, बनेपा, दमौली र हेटौंटा शाखाबाट पनि हकप्रद भर्न पाइने व्यवस्था छ । लक्ष्मी क्यापिटल मार्केट नयाँ वानेश्वर, काठमाडौं र सी–आस्वाबाट पनि आवेदन दिन सकिन्छ ।
 
हाल यसको चुक्ता पुँजी ५९ करोड ४० लाख रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी ८९ बनेपा करोड १० लाख भन्दा बढि पुग्नेछ । गुरांँसले बिमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन हकप्रद बिक्री गर्न लागेको हो । 
 
कम्पनीले ५०% हकप्रदपछि पनि तोकिएको चुक्ता नपुग्ने देखिएपछि फेरि १००% हकप्रद जारी गर्ने प्रस्ताव चैत २१ गतेको वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ । सभाले अघिल्लो आर्थिक वर्षको नाफाबाट ८% बोनस सेयर दिने प्रस्ताव पनि पारित गरेको छ ।
 

Post Your Comment