Market Closed

गुराँस लाइफको ९० हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम मौका

26 Jul,2019
  • auction_img_1_7_19_2019_10_17_11.jpg
नेपाली पैसा  
 
काठमाडौं : गुराँस लाइफ इन्सुरेन्सको संस्थापक समूहको ९० हजार ५७१ कित्ता लिलामी सेयरमा बोलपत्र भर्ने शुक्रबार (साउन १० गते) अन्तिम दिन हो । कम्पनीले साउन ३ गतेदेखि लिलामी सेयर खुला गरेको हो । गुराँस लाइफले यसअघि असार ५ देखि २२ गतेसम्म सर्वसाधारणतर्फ ८२ हजार ५ कित्ता र संस्थापकतर्फ २ लाख ४० हजार ५७१ कित्ता सेयर लिलामीमा ल्याएको थियो । त्यसबेला संस्थापक समूहको सबै सेयर बिक्री नभएपछि बाँकी सेयर फेरि लिलामीमा ल्याइएको हो ।
 
गुराँसको संस्थापक सेयरमा सर्वसाधारण तथा संघसंस्थाहरुले पनि आवेदन दिन सक्नेछन् । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नपर्नेछ । न्यूनतम १ हजारदेखि अधिकतम सबै कित्ताका लागि बोलपत्र पेश गर्न सकिनेछ । यसमा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट, नयाँ बानेश्वर काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ ।

Post Your Comment