Market Closed

गुहेश्वरी र जनउत्थानको एजीएम बस्दै, क्रमशः १५.७९% र २०% बोनस प्रस्ताव

14 Jan,2018
  • agm_1_14_2018_10_48_46.jpg
नेपाली पैसा 
 
काठमाडौं : गुहेश्वरी मर्चेन्ट एन्ड फाइनान्सको साधारण सभा आइतबार (पुस ३० गते) गुहेश्वरी भवन, हरिहर भवन ललितपुरमा बिहान ११ बजेबाट सुरु हुँदैछ । सभामा कम्पनीले १५.७९% बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । बोनसका लागि कम्पनीले १० करोड ९१ लाख २४ हजार ९३१ रुपैयाँ खर्च गर्नेछ । बोनसपछि कम्पनीको अधिकृत र चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि लगिने भएको छ । त्यस्तै, आर्थिक वर्ष २०७३–७४ को वार्षिक प्रतिवेदन सहित २०७४ असार मसान्तसम्मको वासलात लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार गुहेश्वरीको चुक्ता पुँजी ४९ करोड ३४ लाख ८२ हजार १९२ रुपैयाँ छ । फाइनान्सले हालैमात्र ४०% हकप्रद बिक्री गरेको थियो । यो हकप्रदपछि भने कम्पनीको चुक्ता पुँजी ६९ करोड ८ लाख ७५ हजार ६९ रुपैयाँ पुगेको छ । गुहेश्वरीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ५९ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ९३ पैसा र प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ४० पैसा छ । 
 
त्यसैगरी, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको पनि आइतबार (पुस ३० गते) रोज पार्टी प्यालेस कालिका नगर, बुटवलमा ११ बजेदेखि साधारण सभा सुरु हुँदैछ । सभामा कम्पनीले गत वर्षको मुनाफाबाट २०% बोनस र १.०५% नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजानेछ । जनउत्थानले ४८ लाख रुपैयाँ बराबरको बोनस र कर तिर्न २ लाख ५२ हजार ६३१ रुपैयाँ नगद दिन लागेको हो । यो लघुवित्तले बोनसपछि कायम हुने चुक्त पुँजी २ करोड ८८ लाख रुपैयाँको १००% हकप्रद जारी गर्ने प्रस्ताव पनि पेश गर्दैछ । यसैगरी, कम्पनीको अधिकृत पुँजी २ करोड ४० लाखबाट १० करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि एजीएममा लागिंनेछ । चालु आर्थिक वर्षको पहिलो तैमाससम्ममा जनउत्थानको चुक्ता पुँजी २ करोड ८८ लाख रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी ५१.६७ (वार्षिक) रुपैयाँ र प्रतिसेयर नेटवर्थ २१३.५६ रुपैयाँ छ । 
 
 
 
 
 

Post Your Comment