Market Closed

ग्रीन डेभलपमेन्टले सेयर नपरेको पैसा साउन ३ देखि फिर्ता दिने

14 Jul,2016
  • green_bank_7_14_2016_12_38_57.png
नेपाली पैसा 
काठमाडौं : ग्रीन डेभलपमेन्ट बैंकले सेयर नपरेको पैसा साउन ३ गतेदेखि फिर्ता दिने भएको छ । 
 
सेयर नपरेको पैसा र सेयर बाँडफाँट पत्र फिर्ता लिन जाँदा दरखास्त फारमको अर्धकट्टी, नागरिकता प्रमाणपत्रको प्रतिलिपि अनिवार्य पेस गर्नुपर्नेछ । 
 
यसैगरी, आफैं उपस्थित हुन नसक्ने आवेदकले मन्जुरीनामा दिनुपर्नेछ । मन्जुरीनामाका साथमा दरखास्त फारमको अर्धकट्टी र नागरिकता प्रमाणपत्रको अर्धकट्टी अनिवार्य हुने बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल लिमिटेडले जनाएको छ । 
 
ग्रीन डेभलपमेन्ट बैंकको आइपीओ बुधबार बाँडफाँट गरिएको हो । एक सय रूपैयाँ अंकित दरका चार लाख ५० हजार कित्ता साधारण सेयरमा एक लाख एक हजार एक सय ५६ जनाले आवेदन दिएका थिए । 
 
यो बैंकले जेठ २३ देखि २६ सम्म सेयर निष्कासन खुला गरेको थियो । बाँडफाँट गर्ने दिन भने निश्चित हुन बाँकी रहेको बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल लिमिटेडले जानकारी दिएको छ । 
 
कुल चार अर्ब १८ करोड रूपैयाँको सेयर आवेदन परेको थियो । बैंकले सर्वसाधारणलाई जम्मा चार करोड १८ लाख पाँच सय रूपैयाँका सेयर बिक्री गरेको हो ।

डिम्याट खाता उल्लेख गरेकाहरूको सेयर खातामै पठाइने बिक्री प्रबन्धकले जानकारी दिएको छ । 

Post Your Comment