एनएमबि माइक्रोफाइनान्सको सीइओ भए फनीलाल चौधरी, गोर्खाज फाइनान्समा आए नयाँ सञ्चालक

24 Apr,2018
  • Board-of-Directors_4_24_2018_4_15_38.jpeg
नेपाली पैसा
 
काठमडौं : एनएमबि माइक्रोफाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा फनीलाल चौधरी नियुक्त भएका छन् । कम्पनीको वैशाख ५ गते बसेको सञ्चालक समिति बैठकले चौधरीलाई सीइओ नियुक्त गरेको हो । सोही दिन बसेको अर्को बैठकले तिर्थराज कोनाजोको राजिनामा स्वीकृत गरेको थियो । चौधरीले सोमबारदेखि नै कार्यभार सम्हालेका छन् ।
 
यता, गोर्खाज फाइनान्सको सञ्चालक समितिमा सर्वसाधारण समूहबाट खड्ग बहादुर गुरुङ र स्वतन्त्र सञ्चालकको रुपमा देवी प्रसाद लिम्बु नियुक्त भएका छन् । गुरुङ र लिम्बु सोमबारदेखि नै लागू हुने गरी सञ्चालक नियुक्त भएका हुन् ।

Post Your Comment