गोर्खाज फाइनान्सको पनि असोज ४ देखि आउने भयो ४ लाख २४ हजार कित्ता सेयर लिलामीमा

13 Sep,2017
  • Gurkhas-finance-Ltd_7__9_13_2017_12_55_38.jpg
नेपाली पैसा 
 
काठमाडौं : गोर्खाज फाइनान्सको असोज ४ गतेदेखि संस्थापक समूहको ४ लाख २४ हजार ४२० कित्ता संस्थापक सेयर लिलामीमा आउने भएको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । यो लिलामी सेयरमा आवेदन दिने अन्तिम म्याद असोज २२ गतेसम्म तोकिएको छ । गार्खाजले यसअघि साउन १० देखि १९ गतेसम्म संस्थापक समूहको ९ लाख ७९३ कित्ता र सर्वसाधारण समूहको १ लाख ५४ हजार ३९६ कित्ता सेयर बिक्री खुला गरेको थियो । त्यस अवधिमा नबिकेको संस्थापक समूहको सेयर यो फाइनान्सले पुनः सर्वसाधारणले समेत भर्न पाउने गरी लिलामीमा ल्याउन लागेको हो ।

गोर्खाजले जेठ १ देखि साउन ११ गतेसम्म २ः१ अनुपातमा २८ लाख ९३ हजार ३१३ (५०%) कित्ता सेयर बिक्री खुला गरेको थियो । आवेदकले बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट काठमाडौंमा आइपुग्ने गरी फारम बुझाउनु पर्नेछ । बोलपत्र असोज २३ गते विहान १० बजे एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट काठमाडौंमा खोलिनेछ । हाल गोर्खाजको चुक्ता पुँजी ७६ करोड २४ लाख हजार रुपैयाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले १३ करोड ७५ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गोर्खाजको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ४ पैसा र प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ९३ पैसा छ ।
 
 
 
 

Post Your Comment