Market Closed

गोर्खाज फाइनान्सको ४ लाख २४ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

08 Oct,2017
  • Gurkhas-finance-Ltd_10_8_2017_10_06_15.jpg
नेपाली पैसा
 
काठमाडौं : गोर्खाज फाइनान्सको संस्थापक समूहको ४ लाख २४ हजार ४२० कित्ता सेयर लिलामी भर्ने आइतबार (असोज २२ गते) अन्तिम दिन हो । आइतबार कार्यालय समयसम्म मात्र यो लिलामीमा आवेदन दिन सकिनेछ । गोर्खाज फाइनान्सले असोज ४ गतेदेखि संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । गोर्खाजले यसअघि साउन १० गतेदेखि १९ गतेसम्म संस्थापक समूहको ९ लाख ७९३ कित्ता र सर्वसाधारण समूहको १ लाख ५४ हजार ३९६ कित्ता सेयर लिलामीमा ल्याएको थियो । त्यस अवधिमा नबिकेको संस्थापक समूहको सेयर फाइनान्सले सर्वसाधारणले पनि भर्न पाउने गरी पुनः लिलामीमा ल्याएको हो । यसअघि फाइनान्सले जेठ १ गतेदेखि साउन ११ गतेसम्म ५०% हकप्रद सेयर बिक्री खुला गरेको थियो । आवेदकले बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट काठमाडौंमा पुग्ने गरी फारम बुझाउनुपर्नेछ । बोलपत्र सोमबार ( असोज २३ गते) बिहान १० बजे एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट काठमाडौंमा खोलिनेछ । हाल गोर्खाजको चुक्ता पुँजी ७६ करोड २४ लाख हजार रुपैयाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले १३ करोड ७५ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गोर्खाजको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ४ पैसा र प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ९३ पैसा छ ।
 

Post Your Comment