Market Closed

गोर्खाज फाइनान्सले लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा बुधबारदेखि फिर्ता दिने

17 Oct,2017
  • Gurkhas-finance-Ltd_10_17_2017_4_58_14.jpg
नेपाली पैसा 
 
काठमाडौं : गोर्खाज फाइनान्सले बुधबार (कात्तिक १ गते) देखि लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा फिर्ता दिने भएको छ । फाइनान्सले आवेदकले फारममा उल्लेख गरेको बैंक खातामा पैसा फिर्ता गरिदिने जनाएको छ । गोेर्खाजले असोज ८ गतेदेखि २२ गतेसम्म संस्थापक समूहको ४ लाख २४ हजार ४२० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो । फाइनान्सको यो सेयर सोमबार (असोज ३० गते) बाँडफाँट गरिएको हो । यसअघि साउन १० गतेदेखि १९ गतेसम्म संस्थापक समूहको ९ लाख ७९३ कित्ता र सर्वसाधारण समूहको १ लाख ५४ हजार ३९६ कित्ता सेयर लिलामीमा ल्याइएको थियो । त्यस अवधिमा नबिकेको संस्थापक समूहको सेयर फाइनान्सले सर्वसाधारणले पनि भर्न पाउने गरी पुनः लिलामीमा ल्याएको हो । गोर्खाजले जेठ १ गतेदेखि साउन ११ गतेसम्म २८ लाख ९३ हजार ३१३ कित्ता (५०%) हकप्रद सेयर बिक्री खुला गरेको थियो । हाल गोर्खाजको चुक्ता पुँजी ७६ करोड २४ लाख हजार रुपैयाँ छ । लिलामी बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार ३०० रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले १३ करोड ७५ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गोर्खाजको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ४ पैसा र प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ९३ पैसा छ ।
 

Post Your Comment