Market Closed

गोर्खाज फाइनान्सको अध्यक्षमा प्रेम बहादुर खापुङ भए चयन

19 Jan,2018
  • Gurkhas-finance-Ltd__1_19_2018_12_48_16.jpg
नेपाली पैसा
 
काठमाडौं : गोर्खाज फाइनान्सको अध्यक्षमा प्रेम बहादुर खापुङ नियुक्त भएका छन् । फाइनान्सको बिहीबार बसेको सञ्चालक समिति बैठकले खापुङलाई अध्यक्षमा नियुक्त गरेको हो । खापुङले बिहीबारदेखि नै अध्यक्षको कमान्ड सम्हालेका छन् । हाल खोर्खाज फाइनान्सको चुक्ता पुँजी ८६ करोड ७९ लाख ९४ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनी ३ करोड ६२ लाख ३० हजार रुपैयाँ नोक्सानमा छ । यसको प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ३८ पैसा छ । 
 

Post Your Comment